EN नेपा
Machhapuchchhre Bank Limited

माछापुच्छ्रे बैंकले भव्य रुपमा मनायो ‘ग्लोबल मनि सप्ताह २०२५’

माछापुच्छ्रे बैंकले भव्य रुपमा मनायो ‘ग्लोबल मनि सप्ताह २०२५’
March 26, 2025

वित्तीय साक्षरता जगाउने उद्धेश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने Global Money Week २०२५ माछापुच्छ्रे बैंक  लिमिटेडले भव्य रुपमा मनाएको छ । यस वर्ष मार्च १७ तारिख देखि २३ तारिखसम्म परेको Global Money Week २०२५ अन्र्तगत माछापुच्छ्रे बैंक लिमिटेडले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरु आयोजना गरेको थियो । 

बैंकले देशका ७ वटै प्रदेशमा स्थानिय स्कुल, कलेजसंग समन्वय गरेर विभिन्न तहका विद्यार्थीहरुलाई लक्षित गर्दै अन्तरकृया कार्यक्रमहरुको आयोजना गरी Global Money Week २०२५ मनाएको हो ।

माछापुच्छ्रे बैंक लि. ले आम ग्राहक वर्गलाई लक्षित गर्दे यसअघिपनि विभिन्न समयमा विभिन्न माध्यमहरु मार्फत वित्तिय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आएको थियो ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरु मार्फत १६ लाख भन्दा बढि ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ ।

Ease Your Banking Experience

Online Services

Online Services

Banking at Your Comfort

Customer Care

Customer Care

Cater Your Needs for Prompt Solution

FAQ's

FAQ's

Having Doubt About MBL Products

Locate Us

Locate Us

Get Connected With MBL Networks

Machhapuchchhre Bank Limited