EN नेपा
Machhapuchchhre Bank Limited

Machhapuchhre Bank has inaugurated the newly constructed office building at Rupandehi District, Siddharthnagar Municipality Ward no. 12 .

April 16, 2024

मिति २०८१/०१/०४ गते मंगलबारका दिन आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर श्री ईश्तियाक अहमद खाँ तथा माछापुच्छ्रे बैंक लि. का अध्यक्ष श्री रोशन केसी ज्यूले संयुक्त रुपमा समुद्घाटन गर्नुभएको हो । 

उक्त समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका मेयर श्री ईश्तियाक अहमद खाँ ज्यूले माछापुच्छ्रे बैंक लि. ले आफ्नै नयाँ कार्यालय भवनबाट कार्य शुभारम्भ गरेको अवसरमा खुशि व्यक्त गर्दै बैंकलाई अझै उचाईमा लग्न बैंक संचालक एंव व्यवस्थापन समितिलाई शुभकामना व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै बैंक संचालक समितिका अध्यक्ष श्री रोशन केसी ज्यूले माछापुच्छ्रे बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ्ग सेवा पुर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको र लुम्बनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउंदा निक्कै नै हर्ष लागेको वताउनुभयो। साथै बैंकले गुणस्तरिय सेवा प्रदान गर्नको लागि कुनैपनि कुरामा सम्झौैता नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

उक्त औपचारिक समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपमेयर, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुख लगायत बैंक संचालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी एंव बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो। 

Download file for full story:

Download

Ease Your Banking Experience

Online Services

Online Services

Banking at Your Comfort

Customer Care

Customer Care

Cater Your Needs for Prompt Solution

FAQ's

FAQ's

Having Doubt About MBL Products

Locate Us

Locate Us

Get Connected With MBL Networks

Machhapuchchhre Bank Limited