EN नेपा
Machhapuchchhre Bank Limited

Machhapuchhre Bank's 26th Annual General Meeting Held

Machhapuchhre Bank's 26th Annual General Meeting Held
January 12, 2025

माछापुच्छ्रे बैंक लिमिटेडले २६औँ वार्षिक साधारण सभा मिति २०८१ साल पौष २८ गते (तदनुसार जनवरी १२, २०२५), आइतबार होटल पोखरा ग्राण्ड, पोखरामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिबेदन पारित गर्दै सम्पन्न भएको छ। । उक्त साधारण सभाले श्री जय मुकुन्द खनाल, श्री मनिषा भण्डारी र श्री सुनिल नारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेका छ । 

बैंंक सञ्चालक श्री जय मुकुन्द खनाल ज्यूले स्वागत मन्तव्य राख्नु भएको उक्त सभामा अर्का सञ्चालक श्री मुकुन्द महत ज्यूले जि.पि.राजबहाक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्न प्रस्ताव गर्नुभएको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । 

उक्त साधारणसभामा बोल्दै बैंकका अध्यक्ष रोशन के.सी ज्यूूले प्रविधिको विकास संगसंगै यसमा देखा परेका चुनौतीहरुलाई कम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न नयाँ नयाँ प्रविधिहरुलाई आत्मसात् गर्दै आएको र समग्र देशको आर्थिक स्थितिलाई मजबूत बनाउन यथासक्य योगदान पुर्याउने उद्धेश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नविकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बैंक अगाडी बढिरहेको जानकारी गराउनु भयो । 

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइराला ज्यूले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङ्गमा जोड दिईरहेको र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै  अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिरहेको बताउनुभयो । 

उक्त साधारण सभामा बैंकको संस्थापक शेयरधनीको तर्फबाट पूर्व बन तथा वातावरण मन्त्री डा. विरेन्द्र महतो ज्यू एंव समाजसेवी श्री प्रेमकुमारी के.सी. ज्यूले पनि सहभागिता जनाउनु भएको थियो भने अन्य संस्थापक एंव साधारण शेयरधनिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Ease Your Banking Experience

Online Services

Online Services

Banking at Your Comfort

Customer Care

Customer Care

Cater Your Needs for Prompt Solution

FAQ's

FAQ's

Having Doubt About MBL Products

Locate Us

Locate Us

Get Connected With MBL Networks

Machhapuchchhre Bank Limited