EN नेपा
Machhapuchchhre Bank Limited

माछापुच्छ्र्रे बैंक लि. र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बीच सम्झौता ।

December 21, 2020 माछापुच्छ्र्रे बैंक लि. र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बीच सम्झौता ।

प्रेस विज्ञप्ती
मिति : २०७७/०९/०६
माछापुच्छ्र्रे बैंक लि. र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बीच सम्झौता ।
 
माछापुच्छ्र्रे बैंक र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच उक्त केन्द्रमा आवद्ध रहेका कर्मचारीहरुहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको तर्फबाट कार्यकारी निर्देशक श्री चन्द्रमणी अधिकारीज्यू तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइरालाज्यूले हस्ताक्षर गर्नुभयो । सम्झौता पश्चात शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आवद्ध कर्मचारीहरुलाई बैंकले सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्नेछ । बैंकले आफ्ना सम्पूणर् शाखा सञ्जालबाट केन्द््रमा आवद्ध व्यक्तिहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहरुमा बिशेष सहुलियत प्रदान गर्नेछ । 

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. ले यसअघि पनि सरल र सहज बैंकिङ्ग सुविधाका प्रदान गर्नका लागि बिभिन्न संघसंस्थाहरु संग सम्झौता गरेको छ । बैंकले पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १४३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३०३ स्थानमा रहेका सेवा सञ्जाल तथा २०० वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस (POS Machine) मार्फत ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

Ease Your Banking Experience

Online Services

Online Services

Banking at Your Comfort

Customer Care

Customer Care

Cater Your Needs for Prompt Solution

FAQ's

FAQ's

Having Doubt About MBL Products

Locate Us

Locate Us

Get Connected With MBL Networks

Machhapuchchhre Bank Limited