EN नेपा
Machhapuchchhre Bank Limited

माछापुच्छ्र्रे बैंक लि र नेपाल बार एशोसिएशन बिच व्यवसायिक सम्झौता ।

August 18, 2020 माछापुच्छ्र्रे बैंक लि र नेपाल बार एशोसिएशन बिच व्यवसायिक सम्झौता ।

प्रेस विज्ञप्ती
मिति : २०७७/०५/२
माछापुच्छ्र्रे बैंक लि र नेपाल बार एशोसिएशन बिच व्यवसायिक सम्झौता । 

माछापुच्छ्र्रे बैंक लि. र नेपालका कानुन व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल बार एशोसिएशन बीच एशोसिएशन संग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका कानुन व्यवसायी तथा संस्थाहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । माछापुच्छ्र्रे बैंक र नेपाल बार एशोसिएशन बीच भएको सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइराला तथा नेपाल बार एशोसिएशनको तर्फबाट महासचिव श्री लिलामणी पौडेल ज्यूले हस्ताक्षर गर्नुभएको थियो । नेपालको संविधानमा उल्लेख भएको एक मात्र पेसागत संगठनको रुपमा रहेको नेपाल बार एशोसिएशनमा करिब २० हजार सदस्यहरु आवद्ध रहेका छन् । सम्झौता पछि नेपाल बार एशोसिएशनका सदस्यहरुले माछापुच्छ्रे बैंक लि. का सम्पूर्ण शाखाहरु मार्फत निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सेवाहरुमा बिशेष सहुलियत र प्राथमिकता प्राप्त गर्नेछन् । 

सरल र सहज रुपमा ग्राहकहरुलाई विभिन्न आर्कष योजनाका साथ सेवा प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाल चिकित्सक सघं, नेपाल चार्टड एकाउन्टेन्स संघ, नेपाल अडिर्टस एशोसिएशन लगायतका संस्थासंग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आवद्ध व्यक्ति तथा संस्थाहरुलाई बिशेष प्राथमिकताका साथ सेवा पुर्याउने उद्धेश्यले सम्झौता गरेको थियो । 

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९७ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस (POS Machine) मार्फत ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

Ease Your Banking Experience

Online Services

Online Services

Banking at Your Comfort

Customer Care

Customer Care

Cater Your Needs for Prompt Solution

FAQ's

FAQ's

Having Doubt About MBL Products

Locate Us

Locate Us

Get Connected With MBL Networks

Machhapuchchhre Bank Limited