EN नेपा
Machhapuchchhre Bank Limited

माछापुच्छ्रे बैंकको २२औँ वार्षिक साधारण सभा सम्पन्न ।

December 17, 2020 माछापुच्छ्रे बैंकको २२औँ वार्षिक साधारण सभा सम्पन्न ।

प्रेस विज्ञप्ती 
मितिः २०७७/०९/०२
माछापुच्छ्रे बैंकको २२औँ वार्षिक साधारण सभा सम्पन्न ।

माछापुच्छ्रे बैंक लिमिटेडको २२ औँ वार्षिक साधारण सभा मिति २०७७ साल पुष २ गते बिहिबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । 
उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १०.४ प्रतिशत लाभांश वितरण  गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्तापूँजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथै, साधारणसभाबाट माछापुच्छ्रे बैंक लि. सर्वसाधारण सेयर धनी समुहको तर्फबाट श्री जय मुकुन्द खनाल, श्री विश्व प्रकाश गौतम तथा श्री सृजना कार्की भट्टराईलाई आगामी ४ वर्षको लागि संचालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ । साथै बैंकले २२ औँ साधारण सभा समाप्त गरे संगै आजैको (२०७७/०९/०२) मितिबाट आफ्ना सेयरधनि महानुभावहरुलाई लाभांश वितरण गर्न सुरु गरिसकेको छ । 

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैंया ९६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपैंया तथा साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैंया संचित छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. आफ्ना १६० वटा शाखाहरु लगायत १४१ शाखा रहित बैकिङ्ग  सेवा समेत गरी  जम्मा ३०१ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ्ग सुबिधा  प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएमहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ ।

Ease Your Banking Experience

Online Services

Online Services

Banking at Your Comfort

Customer Care

Customer Care

Cater Your Needs for Prompt Solution

FAQ's

FAQ's

Having Doubt About MBL Products

Locate Us

Locate Us

Get Connected With MBL Networks

Machhapuchchhre Bank Limited