EN नेपा
Machhapuchchhre Bank Limited

माछापुच्छ्र्रे बैंक लि. र एशोसिएसन अफ  प्रि-स्कुल एजुकेटर्स नेपाल ।

December 02, 2020 माछापुच्छ्र्रे बैंक लि. र एशोसिएसन अफ  प्रि-स्कुल एजुकेटर्स नेपाल ।

प्रेस विज्ञप्ती
मिति : २०७७/०८/१७
माछापुच्छ्र्रे बैंक लि. र एशोसिएसन अफ  प्रि-स्कुल एजुकेटर्स नेपाल 
। 
 
माछापुच्छ्र्रे बैंक र एशोसिएसन अफ  प्रि-स्कुल एजुकेटर्स नेपालसंग आवद्ध सदस्य वा सदस्यहरुद्धारा संचालित उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एशोसिएसन अफ  प्रि-स्कुल एजुकेटर्स नेपालको तर्फबाट अध्यक्ष श्री वद्री प्रसाद दाहाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट संस्थागत तथा पूर्वाधार कर्जा लगानी प्रमुख, श्री सुभाष जमरकट्टेल  ज्यूले हस्ताक्षर गर्नुभयो । सम्झौता पश्चात एशोसिएसन अफ  प्रि-स्कुल एजुकेटर्स नेपालसंग आवद्ध सदस्य वा सदस्यहरुद्धारा संचालित उद्यमीहरुलाई माछापुच्छ्रे बैंकले न्यूनतम रु. १ लाख देखि अधिकतम रु. १५ लाख सम्मको सहुलियत कर्जा उपलब्ध गराउने छ । साना व्यवसायीहरुको मनोबल बृद्धि गरि स्वदेशमै आत्मनिर्भरता बढाउने तथा कोभिड १९ ले सिर्जित विषम परिस्थितीका कारण विगत लामो समय देखि बन्द रहेका स्कुल तथा अन्य व्यवसायहरु विस्तारै खुल्दै जान थालेको अवस्थामा व्यवसायहरुलाई पुर्नजिवन प्रदान गर्न उद्धेश्यले माछापुच्छ्रे बैंकले उक्त, सम्झौता गरेको हो । 

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित  बैंकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस (POS Machine) मार्फत ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

Ease Your Banking Experience

Online Services

Online Services

Banking at Your Comfort

Customer Care

Customer Care

Cater Your Needs for Prompt Solution

FAQ's

FAQ's

Having Doubt About MBL Products

Locate Us

Locate Us

Get Connected With MBL Networks

Machhapuchchhre Bank Limited